भरतपुरमा विजयले ल्याए ४ हजार ६२५ मत, रेणुको ४५५२

भरतपुरमा विजयले ल्याए ४ हजार ६२५ मत, रेणुको ४५५२

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् ।

१३ हजार ५६५ मत गन्दा गठबन्धनकी रेनु दाहाललाई पछि पार्दै सुवेदीले अग्रता कामय गरेका हुन् । एमालेका सुवेदीले ४ हजार ६२५ मत पाएका छन् भने दाहालले ४ हजार ५५२ मत पाएकी छन् ।

प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २हजार ४० मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३९५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ६७९ मत पाएकी छन् ।