भरतपुर अपडेट : रेणुलाई पछ्याउँदै जिवय

भरतपुर अपडेट : रेणुलाई पछ्याउँदै जिवय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् । पछिल्लो मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ५ हजार ९४७ मत पाएकी छन् ।

एमाले उम्मेदवार विजय सुवेदी ५ हजार ८८८ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्‍नाथले २ हजार ९०५ मत पाएका छन् ।

भरतपुरमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट रेणु तथा एमाले र राप्रपा गठबन्धनबाट विजय मेयरका उम्मेदवार छन् ।

उपमेयरमामा कांग्रेसका चित्रसेन अधिकारी ७ हजार २५७ मतसहित अगाडि छन् । उनलाई राप्रपाका हिमला गुरुङ ४ हजार ८२२ मतसहित पछ्याइरहेका छन् ।