भरतपुर अपडेट : रेणुको अग्रता कायमै, १७२ मतान्तरले विजय पछाडी

भरतपुर अपडेट : रेणुको अग्रता कायमै, १७२ मतान्तरले विजय पछाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

१९ हजार १८३ मत गन्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी दाहालले ६ हजार ४३९ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ६ हजार २७२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १४९ मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ८४९ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार १५२ मत प्राप्त गरेकी छन् ।