काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली आज शनिवार चितवन जाने भएपछि भरतपुरका मुख्य सडकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रधानमन्त्री ओली आज दिउँसो भरतपुरमा निर्माणाधिन गोन्द्राङ–पुल्चोक ६ लेन सडक र अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास गर्न जाने भएपछि चौबिसकोठी, हाकिम चौक, केन्द्रिय बस टर्मिनल, बाइपास रोड, लगायतक स्थानमा स्थानिय प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो ।
ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर चितवन जाँदैछन् ।
सुरक्षाकर्मीले शिलान्यास स्थल र सभा स्थल वरपरका पसल व्यवसायहरु बन्द गर्न समेत दबाब दिएको हाकिम चौक निवासी रमेश गुरागाईले बताए ।
सुरक्षा चुनौतीलाई मध्यनजगर गर्दै भरतपुर आसपासका केही सरकारी कार्यालयमा नेपाली सेना समेत परिचालन गरिएको छ ।
यसैबीच ओलीको विरोधमा प्रचण्ड–माधव समुहको निकट अनेरास्ववियूले भरतपुरका मुख्य सडकमा पर्चा र टायर बालेर प्रदर्शन गरेको छ ।
महानगरपालिकाको पहलमा सुरु भएको सिटीहललगायत ओलीले शिलान्यास गर्न खोजिएको भन्दै महानगर र नेकपा चितवनले विरोध गरेको छ ।




प्रतिक्रिया