भरतपुरमा कांग्रेस असन्तुष्ट पक्षबाट मेयरको उम्मेदवारी दर्ता

भरतपुरमा कांग्रेस असन्तुष्ट पक्षबाट मेयरको उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । उनले  कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटाको समर्थकमा सोमबार भरतपुर महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

चितवन कांग्रेसका नेताहरुले भरतपुर महानगरको नेतृत्व आफूहरुले पाउनु पर्ने माग राख्दै आएका थिए । तर गठबन्धनदलहरुले भागबण्डा मिलाउदा भरतपुर महानगरको मेयरमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार उठाएको छ ।