भरतपुरमा पौडेलले लिएनन् उम्मेदवारी फिर्ता, कांग्रेसबाट स्वतः निष्कासित

भरतपुरमा पौडेलले लिएनन् उम्मेदवारी फिर्ता, कांग्रेसबाट स्वतः निष्कासित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – कांग्रेसका शीर्ष नेताको दवाव र चेतावनीका बाबजुद भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले आफ्नो उमेदवारी फिर्ता लिएनन् ।  उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उनले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए ।

पौडेलले नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा उम्मेदवारी दिएका थिए । उनलाई मनाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आएका थिए । तर, पौडेललाई मनाउन नसकेपछि दुबै मन्त्री आजै काठमाण्डु फर्किएका छन् ।

कांग्रेसको विधान अनुसार अब पौडेलसहित प्रस्ताव र समर्थक कांग्रेसबाट स्वतः निष्कासित भएका छन् । कांग्रेस विधानको दफा ४ को १३ को ग अनुसार पौडेलसहित प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेल कांग्रेसबाट स्वतः निष्कासित भएका हुन् ।

कांग्रेसले आजै विज्ञप्ति जारी गरेर ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिने स्वतन्त्र उम्मेदवारहरु साधारण सदस्यसमेत नरहने गरी निष्कासन हुने चेतावनी दिएको थियो ।