भरतपुरमा ५५ मतान्तरले एमालेका विजय सुवेदी अगाडी

भरतपुरमा ५५ मतान्तरले एमालेका विजय सुवेदी अगाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् ।

१३ हजार ३६४ मत गन्दा  गठबन्धनकी रेनु दाहाललाई पछि पार्दै सुवेदीले अग्रता कामय गरेका हुन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा एमालेका सुवेदीले ४ हजार ५५० मत पाएका छन् भने दाहालले ४ हजार ४९५ मत पाएकी छन् ।

प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ९९८ मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३१३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ६२२ मत पाएकी छन् ।