भरतपुरको मेयरमा कांग्रेसका २५ जनाको दाबी, मन्त्रीदेखि केन्द्रीय सदस्यसम्म आकांक्षी

भरतपुरको मेयरमा कांग्रेसका २५ जनाको दाबी, मन्त्रीदेखि केन्द्रीय सदस्यसम्म आकांक्षी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनस्थित भरतपुर महानगरको मेयरमा नेपाली कांग्रेसका २५ जना नेताहरुले दावी गरेका छन् ।

सत्तारूढ पाँच दलीय गठबन्धनले देशभरका स्थानीय तहमा तालमेल गर्ने निर्णय गरे पनि चितवनमा भने कांग्रेसले मेयर र उपमेयर पदमा मनोनयन दर्ता आह्वान गरेको थियो । मेयरसँगै उपमेयरमा पनि धेरैले आकांक्षा देखाएका छन् । जसमा २४ जनाले दाबी गरेको महानगर सभापति चित्रसेन अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यो अवधिमा मेयर पदमा केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्वसांसद जगन्नाथ पौडेल, पार्टीका बागमती प्रदेशका कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकरप्रसाद कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी, निलकण्ठ रिजाल, गौरी कुमारी श्रेष्ठ, मिना कुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरूङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्रा.डा. केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दवाडीले मनोनयन दर्ता गरेका छन् ।

मेयरमा दाबी गर्नेमा टेकप्रसाद गुरुङ र दिनेश कोइराला कांग्रेस केन्द्रीय सदस्य हुन् । त्यस्तै बागमती प्रदेशका उद्योग मन्त्री मिलनबाबु श्रेष्ठले पनि भरतपुरको मेयरका लागि पार्टीभित्र निवेदन हालेका छन् ।

त्यस्तै उपमेयर पदका लागि राजीव न्यौपाने, सुरवीर पोखरेल, टंकनाथ पौडेल, तारा गुरूङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरू कार्की, कल्पना पौडेल, देबेन्द्र गुरूङ, पूर्णबहादुर गुरूङ, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल, रवि भद्र शर्मा खनाल, निर्मलराज पौडेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरूङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र विदुर केसीले दाबी पेस गरेका छन् ।

भरतपुरको मेयरमा गठबन्धनबाट माओवादीले पनि दाबी गरेको छ । माओवादीले फेरि रेनु दाहाललाई नै मेयरमा दोहो¥याउन चाहेको छ । कांग्रेसका जिल्ला नेताहरूले भने यसपालि महानगरको मेयर पद छाड्न नसकिने भन्दै शीर्ष नेताहरूलाई दबाब दिइरहेका छन् ।