भरतपुर अस्पतालमा कैलालीका ५० वर्षीय कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा कैलालीका ५० वर्षीय कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भरतपुर अस्पताल चितवनमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार बिहान भरतपुर अस्पतालको कोभिड-१९ आइसीयूमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबार भरतपुर अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो । फोक्सोको क्यान्सर भएका ती पुरुषको स्वास्थ्य अवस्था शुक्रबार देखि जटिल भएको थियो ।

उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।