भरतपुर महानगरपालिकाको झण्डा सगरमाथामा

भरतपुर महानगरपालिकाको झण्डा सगरमाथामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर  – भरतपुर महानगरपालिकाको झण्डासर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । गाइड नरेन ठकुरी र सहायक चेतन भोटेले महानगरको झण्डा सगरमाथामा फहराएका हुन् ।

भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहालले महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराइएको बताइन् ।

देशका पालिकाहरुमा सबै सूचकहरुमा अग्रणी रहेको महानगरपालिकाको झण्डालाई सर्वोच्च शिखरमा फहराएर विश्वभर विकासको सन्देश प्रवाह गरेको उनको भनाइ छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउँदै छ ।

यी गतिविधि महानगरको पर्यटन प्रबद्र्धनका लागि समेत सहयोगी हुने उनको भनाइ छ । देशकै मध्यभागमा रहेको भरतपुर महानगर पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।

सगरमाथामा महानगरको झण्डा फहर्‍याउने यस अभियानको संयोजन गरेका महानगरका विज्ञ प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीले सगरमाथा पुगेको टोली झण्डा गाडेर काठमाडौँ फर्किएको बताए । टोलीलाई महानगरपालिकाले बिदाई गरेको थियो ।-रासस