भरतपुरलाई हरियाली सहर बनाइने

भरतपुरलाई हरियाली सहर बनाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर  – भरतपुर महानगरपालिकालाई हरियाली र स्वच्छ सहर बनाइने भएको छ । महानगरपालिकाको आज भएको १३औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर, हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई अघि बढाइने बताएकी हुन् ।

नीति तथा कार्यक्रममा सडक, मिडियन गार्डेन, सडक आइल्यान्ड, पार्क, मनोरञ्जनस्थल र खाली स्थान एवं चोकमा हरियाली वातावरण सिर्जना गरी मनमोहक तथा वातावरण मैत्री महानगर बनाउन एक परियोजनाका रुपमा हरियाली प्रवद्र्धन कार्यक्रमको थालनी गरिने उल्लेख छ ।

केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको बाइपास रोडलाई हरित नमुना सडकका रुपमा विकास गरिने कार्यक्रममा उल्लेख छ । गोन्द्राङ–पुल्चोक सडकको दायाँबायाँ किनारमा हरियाली प्रवद्र्धन गर्न ठूला हुर्किएका रुख रोपण र संरक्षण गरिने जनाइएको छ । ‘एक घर दुई रुख’को नीति कडाइका साथ कार्यान्वयन गरिने कार्यक्रममा उल्लेख गरिएको छ ।

घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्यरुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने नीति महानगरले ल्याएको छ । ‘एक वडा एक पार्क’ निर्माणको नीतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि सबै सँगसँगै’को सामूहिक भावनाका साथ व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्वच्छ वातावरण र हरियाली प्रवद्र्धन गर्न निजी क्षेत्र तथा व्यावसायिक सङ्घ संस्थासँग समन्वय र सहकार्य गरिने कार्यक्रममा उल्लेख छ ।

वातावरणीय सन्तुलन कायम गर्न टेवा पु¥याउने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निःशुल्करूपमा बिरुवा वितरण गरी वृक्षरोपण र संरक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा भनिएको छ ।