भरतपुरमा रवि समर्थक र प्रहरीबीच फेरि झडप, प्रहरीद्धारा अश्रुग्यास प्रहार

भरतपुरमा रवि समर्थक र प्रहरीबीच फेरि झडप, प्रहरीद्धारा अश्रुग्यास प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर शनिबार चितवनमा न्यूज २४ टेलिभिजनका प्रस्तोता रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएकाे छ ।पत्रकार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर बनाएको छ । यसअघि शुक्रबार साँझ पनि प्रहरी र लामिछानेका समर्थकबीच झडप भएको थियो । झडवमा नेपाल प्रहरीका असई सहित ५ जना घाइते भएका थिए ।

बिहीबार साँझ नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।  शुक्रवार जिल्ला अदालत चितवनले लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो। प्रहरीले १० दिनको म्याद मागेपनि जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासले बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको थियो।

साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको २०२ नम्बर कोठमा पत्रकार शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए।