भरतपुरमा विजयलाई पछि पार्दै पुन: रेणुको अग्रता

भरतपुरमा विजयलाई पछि पार्दै पुन: रेणुको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले पुनः अग्रता बनाएकी छन् । १५ हजार ३१ मत गन्दा दाहालले ५०३९ मत पाएर पुन: अग्रता कायम गरेकी हुन् ।

एमालेका उम्मेदवार विजय सुवेदीले ५०२७ मत पाएका छन् । रेनु र विजयको मतान्तर १२ मत रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत पाएका छन् ।

यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ६०४३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ४०४२ मत पाएकी छन् ।