भरतपुरमा रेणुलाई पछि पार्दै विजयले लिए अग्रता

भरतपुरमा रेणुलाई पछि पार्दै विजयले लिए अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

वडा नम्बर २ को मतगणना जारी रहँदा गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई ३ मतले पछिपार्दै सुवेदीले अग्रता हासिल गरेका हुन् । सुवेदीले २ हजार ४ सय ६८ र दाहालले २ हजार ४ सय ६५ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ८ सय ५ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २ हजार ७ सय १ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ९ सय ७५ मत ल्याएकी छिन् ।