सबस्टेसनमा समस्या आउंदा भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द

सबस्टेसनमा समस्या आउंदा भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनको भरतपुर महानगरपालिकास्थित १३२\११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएको छ । सबस्टेसनमा समस्या आएपछि त्यहांबाट विद्युत आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउसोबाट विद्युत आपूर्ति बन्द भएको छ ।

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुंको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले ट्रान्सफर्मर वदली भइरहेको र छिट्टो भन्दा छिट्टो विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको जानकारी दिए । उनले रातभरी मर्मतको काम गरिने बताए ।