परराष्ट्र सचिव पौड्याल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस

परराष्ट्र सचिव पौड्याल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले क्यानडाका लागि नेपाली राजदूतमा परराष्ट्र सचिव भरतराज पौड्याललाई नियुक्ति सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले पौड्याललाई राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनी पाकिस्तानका लागि पूर्व नेपाली राजदूत समेत हुन् ।

गत जुलाई दोस्रो साता सरकारले रिक्त रहेका न्युयोर्क,जेनेभा,थाइल्याण्ड,कुवेत, फ्रान्स र यूएईमा परराष्ट्रका ६ सहसचिवलाई राजदूत नियुक्तिको सिफारिस गरेको थियो । तर क्यानडा खाली थियो । त्यसबेला परराष्ट्र सचिव पौड्याल राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि नियुक्ति सिफारिस गर्ने चर्चा थियो । तर सरकारले परराष्ट्र सहसचिव लोकबहादुर थापालाई सो पदमा नियुक्ति गरेकाे थियाे ।