काठमाण्डौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले दार्चुलामा भारतीय सेनाको हेलिकप्टर अवतरण भएको विषयमा सरकारको धारणा माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा दुलालले त्यसबारे सरकारको जवाफ माग गरेका हुन् ।
‘हिजो भर्खरै एउटा समाचार आएको छ, भारतीय सेनाको हेलिकप्टर दार्चुलाको नेपाली भूमिमा अवतरण गरेको र त्यहाँ भारतीय सुरक्षा निकायका मुख्य व्यक्तित्व सवार भएको भन्ने सूचना समाचारमा आएको छ’, दुलाले भने, ‘यसबारेमा के हो म सरकारको जवाफ चाहन्छु ।’




प्रतिक्रिया