माओवादी नेता पुनलाई थप उपचारको लागी चीन लगियो


काठमाण्डु – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ । थाइल्याण्डको बैंककमा उपचार गरिरहेका पुनलाई थप उपचारको लागी थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको माओवादी केन्द्रका नेता दुर्गा चापांगाईले जानकारी दिए । पुर्व अर्थमन्त्री समेत रहेका नेता पुन दुई महिनादेखी बैंककमा उपचाररत थिए ।

बैंककस्थित समितिभेज अस्पतालका डाक्टरहरूले उनको अवस्था खतरामुक्त भएपनि उपचारमा थप समय लाग्ने भनेपछि पुनलाई थप उपचारका लागी चीन लगिएको हो । पुन लामो समयदेखी जटिल प्रकृतिको जण्डिस रोगबाट पिडित थिए ।

नेता पुनसंगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला पुन बैंककबाट चीनको सेन्जेन उडेका छन् । नेता पुनको उपचार आजैबाट सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement