काठमाण्डु – भारतको सत्तारुढ भातीय जनता पार्टी (भाजपा)ले चाँडै नै आफ्नो नयाँ राष्ट्रिय अध्यक्ष घोषणा गर्ने तयारीमा छ ।
पार्टीका विश्वासिलो स्रोतहरूका अनुसार संघीय मन्त्री मनोहरलाल खट्टरलाई नयाँ अध्यक्ष बनाउने लगभग निश्चितजस्तै देखिएको ।
हाल केन्द्र सरकारको आवास, शहरी मामिला र ऊर्जा मन्त्रालय सम्हालिरहेका तथा हरियाणाका पूर्वमुख्यमन्त्री पनि रहिसकेका खट्टर प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक र विश्वासिला सहयोगी मानिन्छन् ।
पार्टीभित्र संगठनात्मक रूपमा बलिया, प्रशासनिक रूपमा सक्षम र मोदी–शाहको विचारधारासँग मेल खाने नेताहरूको उनको नाम रहेको छ ।
उनी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)सँग पनि गहिरो सम्बन्ध भएका नेताका रूपमा चिनिन्छन् । आरएसएसलाई भाजपाको वैचारिक आधार हो ।
भाजपाका एक शीर्षस्थ नेता खट्टर नै पार्टी अध्यक्ष बन्ने ९० प्रतिशत निश्चित छ । पार्टीको अब बस्ने आन्तरिक निर्वाचन समितिले नयाँ अध्यक्ष चयनको कार्यतालिका औपचारिक रूपमा घोषणा गर्नेछ ।
मोदीको भरोसा, संघको स्वीकृति
७१ वर्षीय खट्टर भाजपा संगठनभित्रको अनुभवी, व्यवहारिक र निष्ठावान पात्र हुन् । हाल उनी करनाल लोकसभा क्षेत्रबाट सांसद छन् । तर उनको राजनीतिक यात्रा राष्ट्रिय चर्चाबाट धेरै टाढा सुरु भएको थियो ।
हरियाणाको रोहतकमा एक पञ्जाबी परिवारमा जन्मेका खट्टर जीवनभर ब्रह्मचारी रेह र आरएसएसका पूर्णकालीन प्रचारक पनि बने । उनले १९७७ मा संघमा प्रवेश गरेका थिए र १४ वर्षसम्म प्रचारक रहेपछि १९९४ मा भाजपा हुँदै सक्रिय राजनीतिमा आए ।
उनको उभार अचानक भएको थिएन । हरियाणामा उनी मोदीको संगठनात्मक कार्यकालमा अग्रपंक्तिमा रहेर काम गर्ने पहिलो व्यक्तिमा पर्छन् ।
आरएसएस पनि उनी अध्यक्ष बन्ने प्रस्तावमा पूर्णरूपमा सहमत रहेको बताइएको छ । जेपी नड्डाको कार्यकाल जनवरी २०२३ मै सकिएको हो । उनी सन् २०१९ मा अमित शाह गृहमन्त्री बनेपछि कार्यवाहक अध्यक्ष बनेका थिए र पछि स्थायी रूपमा नियुक्त गरिए ।
२०२४ को लोकसभा चुनाव पार गराउन उनलाई पार्टी अध्यक्षमा निरन्तरता दिइएको थियो । चुनावपछि मोदीको सरकार पुनः बनेपछि नड्डालाई संघीय मन्त्री बनाइएको छ । जसले पार्टीमा ‘एक व्यक्ति, एक पद’को परम्पराअनुसार नेतृत्व परिवर्तनको संकेत दिएको हो ।
खट्टरको अध्यक्ष पदमा सम्भावित नियुक्ति संगठनमा आधारित छनोटको संकेत हो, न कि जातीय वा क्षेत्रीय प्रतिनिधित्वमा ।
उनी न त महिला हुन्, न ओबीसी । तर खट्टर एक विशुद्ध संघ पुरुष हुन्, जो संगठनमा घिस्सिएका र चुनावी मैदानमा परिक्षण भइसकेका छन् ।
यदि उनी नियुक्त भए, उनले पार्टीलाई आगामी राज्य विधानसभा चुनाव र २०२९ को चुनावसम्म अगाडि बढाउनु पर्ने अभिभारा पाउनेछन् । आरएसएसको समर्थन, मोदीको भरोसा र प्रशासनिक अनुभवसहित खट्टर पार्टीको भविष्य सुम्पिने नेताका रूपमा प्रस्तुत हुँदैछन् ।
भाजपा उपराष्ट्रपति निर्वाचन सकिएपछि मात्र नयाँ अध्यक्ष घोषणा गर्ने निर्णयमा पुगेको छ । सन् २०२४ पछि बनिएको नयाँ राजनीतिक समीकरणबीच संगठनात्मक पुनर्संरचनालाई केही समयका लागि अध्यक्ष छनोट गर्ने प्रक्रिया सर्न सक्ने बताइएको छ ।
नड्डाको कार्यकाल लोकसभा चुनावपछिको स्थितिमा अन्त्य हुने अपेक्षा गरिएको थियो । तर संवेदनशील राजनीतिक परिवेशमा आन्तरिक स्थिरता कायम गर्न नेतृत्व फेरबदललाई केही समयका लागि सारिएको हो ।
उपराष्ट्रपति राज्यसभा अध्यक्ष पनि हुने भएकाले अहिलेको जटिल संसदीय अंकगणितमा त्यो भूमिका महत्वपूर्ण बनेको छ ।
भाजपाले हाल लोकसभामा सानो बहुमत पाएको र विपक्षी दलहरूको पुनःउभारसँग जुझिरहेको अवस्थामा संसदमा समन्वय र सहमतिको आवश्यकता बढेको छ । तत्काल नेतृत्व परिवर्तनले त्यस्तो समन्वयमा असर पार्न सक्ने निष्कर्ष पार्टीको छ ।
यद्यपि, नयाँ अध्यक्षको घोषणा बिहार विधानसभा चुनावअघि गरिने बताइएको छ । २०२७ को राष्ट्रपति चुनावसँग गाँसिएको महत्त्वपूर्ण रणनीतिक लडाइँको रुपमा बिहारको चुनावलाई हेरिएको छ ।




प्रतिक्रिया