कृषि अधिकृत र प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

कृषि अधिकृत र प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

धामी र सिंहले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन वापत ४ लाख १२ हजार घुस रकम र ५ लाखको चेकसहित पक्राउ परेका थिए ।

अख्तियारले अनुसन्धानपछि दुवैलाई सोही रकम बराबरको बिगो कायम गरि आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।