काठमाडौं – उपभोक्तसँग बढी मूलय लिएको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई ३ लाख जरिवाना तिराएको छ ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीलले तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको पाएपछि ३ लाख जरिवाना तिराएको हो ।
लकडाउनको समयमा बजारमा अधिक मूल्यमा उपभोग्य सामग्री बिक्रीवितरण हुनसक्ने भन्दै विभागले बजारअनुगमन जारी राखेको छ । उपभोग्य वस्तुको कारोबार हुने बजार तथा पसलमा अनुगमनलाई तीव्रता दिइएको विभागले जानकारी दिएको छ ।




प्रतिक्रिया