भरतपुर महानगर अपडेट : रेणुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी

भरतपुर महानगर अपडेट : रेणुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइरहेकी छन् ।

शुक्रबार दिउँसो २:४३ बजेसम्म ५८ हजार १३४ गणना हुँदा रेणुले २१ हजार ९६४ मत ल्याएर अग्रता कायम राखेकी छन् । उननलाई १८ हजार ७७९ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् ।

रेणु र सुवेदीलाई स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २२३ मत ल्याएर पछ्याइरहेका छन् । उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले २४ हजार २८८ मतसहित अग्रता कायम राख्दा राप्रपाकी हिमला गुरुङले १४ हजार ८४६ मत ल्याएर पछ्याइरहेकी छन् ।