चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइको निधन


काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उपचारका लागी ओम अस्पतालतर्फ लग्दै गर्दा आइतबार राति १० बजेर २० मिनेटमा उनको निधन भएको हो ।

एक बर्ष चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका भट्टराइले पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायका फिल्म निर्माण गरेका थिए । निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement