भवन नहुँदा बालविकास केन्द्रबाटै वडा कार्यालयको सेवा

भवन नहुँदा बालविकास केन्द्रबाटै वडा कार्यालयको सेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको मालीका गाउँपालिका–३ डाँडागाउँको वडा कार्यालयमा पूर्वाधार नहुँदा बालविकास केन्द्रको भवनबाट सेवा प्रवाह हुँदै आएको छ ।

वडा कार्यालयको आफ्नै भवन नभएपछि स्थानीय किटिनी बालविकास केन्द्रको एउटा कोठाबाट सेवा दिँदै आएको हो । स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेको एक वर्ष बिते पनि वडाको कार्याको व्यवस्था हुन नसक्दा समस्या भएको वडा अध्यक्ष हेमबहादुर पुनले बताए ।उक्त केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा कार्यालयमा जनप्रतिनिधि र कर्मचारी बसेर काम गर्ने फर्निचरकोसमेत व्यवस्था छैन ।

डाँडागाउँ राज्य पुनःसंरचनाअघि तत्कालीन रुम गाविसमा समावेश थियो । डाँडागाउँ, अदिभारा, किटेनी, आँैला, पात्ले, इँग्रे गाउँलाई समेटेर बनाइएको मालीका– ३ मा ५०० भन्दाबढी घरधुरी छन् ।

पूर्वाधारको अभाव खेपिरहेको यस वडामा जनशक्तिको समेत अभावले सेवा प्रवाहमा पनि समस्या हुँदै आएको छ । यस वडामा वडा सचिवसमेत छैनन् । मालिका गाउँपालिकाको २, ३ र ४ नं वडाको सचिवका रुपमा रमाकान्त घिमिरेले काम गर्दै आउका छन् ।
अनुगमनका क्रममा हालै डाँडागाउँमा पुग्नुभएका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले कार्यालय र जनशक्तिको व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता जनाए ।