भेरीमा बेपत्ता भएका एक जनाको शव भेटियो

भेरीमा बेपत्ता भएका एक जनाको शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भेरी नदीमा बेपत्ता भएका जाजरकोटका एक जनाको शव भेटिएको छ । जाजरकोटको भेरी नगरपालिकाका लोकेन्द्र सुनार शव कुदु भन्ने नदीमा तैरिएको अवस्थामा गोताखोरले फेला पारेको हो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये सोमबार बेलुकी जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. ४ का का १७ वर्षीय गणेश बुढा मगरको शव फेला परेको थियो।

घटना भएकै दिन शनिबार राति १० बजेतिर केटी लिन भनेर सोती गाउँ पुगेका सोही ठाउँका २१ वर्षीय नवराज विकको र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. १ का २० वर्षीय टीकाराम सुनारको शव आइतबार बिहान सानी भेरी नदी किनारमा फेला परेको थियो ।

गृह मन्त्रालयले पनि मंगलबार घटनाको निष्पक्ष छानबिन गर्न भन्दै एउटा समिति बनाएको छ ।