पूर्व सभामुख घिमिरे र सापकोटासँग सभामुख अर्यालले गरे भेटवार्ता

पूर्व सभामुख घिमिरे र सापकोटासँग सभामुख अर्यालले गरे भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।

सोमबार सभामुख अर्यालले उनीहरूसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान–प्रदान, संघीय संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल गरेका थिए ।

सङ्घीय संसद्‍मा विधेयकहरू निर्माण गर्दा आइपर्ने कानुनी र प्रक्रियागत जटिलताहरूलाई पूर्वसभामुखहरूको अनुभवका आधारमा समाधान गर्ने उद्देश्यले यो भेटघाट भएको बुझिएको छ।