मुख्यमन्त्री आचार्यद्वारा प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश

मुख्यमन्त्री आचार्यद्वारा प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश गरेका छन् । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुने जानकारी दिएका छन् । त्यसलगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ ।

अर्को बैठक कात्तिक ७ गते आइतबार दिउँसो १२ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री आचार्यले गत २४ असोजमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।