नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले गरे पदभार ग्रहण

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले गरे पदभार ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । बिहीवार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएलगत्तै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । राईले राजीनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

मुख्यमन्त्री आचार्यले अहिलेको प्राथमिकता संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा रहेको बताएका छन् । त्यसैगरी उनले पार्टी एकता जोगाउनका लागि र अगामी दिनमा कुनै समस्या नदेखियोस् भन्नका लागि आफूले चुनौतिकाबीच मुख्यमन्त्रीको जिम्मेवारीवहन गरेको जानकारी दिएका छन् ।