प्रदेश १ : प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले राजीनामा दिने

प्रदेश १ : प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले राजीनामा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । सोमबार दिउँसो १२ः३० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले राजीनामा दिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री आचार्य विश्वासको मत लिने तयारीमा नै रहेको र विश्वासको मत नपाउने अवस्थामा सरकारले गरेका कामबारे प्रदेशसभा बैठकमा जानकारी गराएर राजीनामा दिने तयारी गरेको एमाले सांसद हिक्मत कार्कीले जानकारी दिए ।

एमालेले गठबन्धन दल जसरी प्रदेश सांसदहरुलाई बन्धक बनाएर राख्न नसक्ने उनले बताए । विपक्षी गठबन्धनले कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सबै प्रदेश सांसदहरुलाई विराटनगरस्थित बिग होटलमा आइतबार बेलुकादेखि नै राखिएको छ ।

बैठकका लागि मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा टुंग्याउने कार्यसूची तय गरिएको छ ।