एमालेका दोस्रो तहका नेताको वार्तामा भीम आचार्यको ‘इन्ट्री’

एमालेका दोस्रो तहका नेताको वार्तामा भीम आचार्यको ‘इन्ट्री’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका दोस्रो तहका नेताको बैठकमा नेता भीम आचार्य पनि मिसिएका छन् । मंगलबार दिउँसोबाट होटल समीटमा जारी वार्तामा नेता आचार्यको ‘इन्ट्री’ भएको हो ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्नको लागि दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् । अहिले दुवै समुहका दोस्रो तहका नेताहरुबीचको छलफल जारी छ ।

काठमाण्डुको होटल समिटमा जारी वार्तामा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्यलगायतका नेता सहभागी छन् ।

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षका नेताहरु पार्टीलाई एकताबद्ध गराउन आन्तरिक छलफलमा जुटेका हुन् ।