प्रतिष्पर्धी शक्तिले एमालेलाई फुटाउने प्रयत्न गरेः भीम आचार्य

प्रतिष्पर्धी शक्तिले एमालेलाई फुटाउने प्रयत्न गरेः भीम आचार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सचिव भीम आचार्यले प्रतिष्पर्धी शक्तिले एमालेलाई फुटाउने प्रयत्न गरिरहेको बताएका छन् ।

बुधबार एकताको पक्षमा एक अपील जारी गर्दै सचिव आचार्यले प्रतिकृयावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्यूत तत्वहरू अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायीत प्रतिश्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको बताएका हुन्

उनले एमालेका देश विदेशमा भएका लाखौं कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा जनसमुदायहरू नेपालको बामपन्थी आन्दोलन र नेकपा एमालेको एकताको पक्षका भएपनि उनीहरू पार्टी बचोस् भन्ने अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भएको बताए ।

सचिव आचार्यले टुट–फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न सबैलाई अपिल गरेका छन् ।

यस्तो छ उनको अपील

(१) एकातिर गत फागुन २८ गतेबाट शुरू भएको विभाजनकारी प्रवृत्तिहरू कतिपय बोलि, बचन, काम, ब्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भइरहेका छन्।

(२) अर्कोतिर त्यो प्रवृत्तिको विरोधमा पार्टी एकताको झण्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधि विभाजनकै पक्षमा प्रकट भइरहेका हुन् कि, भन्ने आशंका बढेर गएको छ।

(३)पक्ष २ वटा प्रवृति एउटै विभाजनकारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो।

(४) दुनियाँभरकै प्रतिकृयावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्यूत तत्वहरू र राम्रो काम गरेर होईन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायीत प्रतिश्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ।

(५) नेकपा एमालेका देश विदेशमा भएका लाखौं कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा जनसमुदायहरू नेपालको बामपन्थी आन्दोलन र नेकपा एमालेको एकताको पक्षका छन् तर उनीहरू पार्टी बचोस् भन्ने अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भएका छन् र विडम्बना उनीहरु नेतृत्वविहिन पनि छन्।

(६) गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो। यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्याहरू हल गर्दै जान सकिन्छ। विना जालझेल, छलछाम र हिच्किचाहट रूपमा यसलाई लागू गर्नुपर्छ।

(७) हाल पार्टी एकताको कुरा गर्नेमाथि आक्रमण गर्ने, निरूत्साहित–हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाए र बदनाम गर्ने प्रयासहरू भइरहेका छन्। त्यसबाट एकता पक्षधरहरू हतोत्साहित हुनु हुँदैन।

(८) टुट–फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश–विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाई दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछु।