प्रदेश १ को मुख्यमन्त्री बन्दै आचार्य, आजै सपथ ग्रहणको तयारी

प्रदेश १ को मुख्यमन्त्री बन्दै आचार्य, आजै सपथ ग्रहणको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ मा एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बन्ने भएका छन् । नेकपा (एमाले) ले आज संसदीय दलको बैठक बोलाएको छ । एमाले विभाजनपछी मुख्यमन्त्री राईले आज पहिलो पटक संसदिय दलको बैठक बोलाएका हुन ।

आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनेछन् । त्यसपछि आचार्यलाई उनकै प्रस्तावमा दल नेता चयन गर्ने र आजै मुख्यमन्त्री बनाउने तयारी छ । उनले आजै सपथ ग्रहण गर्ने कार्यक्रम रहेको स्रोतले बतायो ।

आजकोे बैठकमा माधव समूहमा लागेका सांसदलाई कारवाही गर्ने सम्भावना छ । बैठकमा नेपाल पक्षका सांसदलाई बोलाइएपनि उनिहरु सहभागी नहुने भएका छन् ।

प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये अहिले ९२ जना सांसद छन् । प्रदेशसभामा एमालेका मात्र ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन् । सांसद गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी देखिएकाले फरार छिन् ।

सरकार बनाउनका लागी ४७ सांसदको आवश्यकता पर्ने हुन्छ । नेपाल पक्षमा १५ जना सांसद जान सक्ने सम्भावना छ । तर, अहिलेसम्म चार जना सांसद मात्र नेपालको पक्षमा खुलेका छन् । आचार्य नेता झलनाख खनाल निकट हुन । उनि यसअघि संसदिय दलको नेतामा राईसंगै पराजित भएका थिए ।

प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १\१ जना सांसद छन् । गठवन्धनको सरकार बनाउन ८ जना सांसदको आवश्यकता हुन्छ । नेपालको नयां पाटीका सांसदले समर्थन गरेको अवस्थामा नयां सरकार बन्ने सम्भावना प्रदेश १ मा छ ।