प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । सोमबार दिउँसो बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए । तर, उनले विश्वासको मत नपाउने भएपछि मतदान हुनुअघि नै राजीनामा दिएका हुन् । एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका थिए ।

तर उनी मुख्यमन्त्री बनेको १५ दिनमै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।