काठमाण्डु – नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रदेश १ को नेकपा संसदीय दलको नेता चयन गरेको छ । बिहीबार प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईलाई हटाउँदै संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको हो ।
प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । राईलाई हटाएर उक्त समूहले आचार्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव लगेको थियो । आज बसेको संसदीय दलको बैठकले राईलाई दलको नेताबाट हटाएर आचार्यलाई चयन गरेको हो ।




प्रतिक्रिया