काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन । अछामको साँफेबगर नगरकमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै नेता रावलले मंसिरका हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
नेता रावलले हार जित जे भए पनि अध्यक्षमा उम्मेद्वारी दिने बताए । उनले कार्यकर्ताको इच्छा र आकाक्षा अनुसार आफूले उम्मेद्वारी तयारी गरेको भन्दै हार्ने डरले कार्यकर्तालाई निराश नबनाउने बताए ।
‘कार्यकर्ताले केमा उठ्नुहुन्छ भन्नुहुन्छ, धेरैले अध्यक्षमा उठ भन्नुभएको छ । म त्यसैमा उठ्छु,’ उनले भने, ‘चुनावमा उठेर हार्ने जित्ने मुख्य कुरा होइन । मुख्य कुरा त देशको लागि, समानताका लागि झण्डा उठाउने कुरा हो । कार्यकर्ताको भावनालाई कदर गर्दै दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्छु ।’




प्रतिक्रिया