यसकारण एमाले अध्यक्षमा ओलीविरुद्ध भीम रावलको उम्मेदवारी (पूर्णपाठ)

यसकारण एमाले अध्यक्षमा ओलीविरुद्ध भीम रावलको उम्मेदवारी (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । उपाध्यक्ष रावलले आइतवार काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गरि आशन्न १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

१० बुँदे सहमति पालना नभएको भन्दै पार्टीमा असन्तुष्टि व्यक्त गर्दै आएका उनले पार्टीको नीति अनुसार सन्चालन हुन आफूले उम्मेदवारी घोषणा गरेको बताए । पार्टी नेतृत्व १० बुँदे सहमति कार्यन्वयनमा इमानदार नभएको र नेकपा एकता जोगाउन असफल भएको भन्दै  आगामी महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी घोषणा गरेको उनकाे भनाइ छ ।

‘मैले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु ‘ रावलले भने, ‘यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदैछ । यसअघि नवौं महाधिवेशनमा रावल सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए । एमालेको नवौं महाधिवेशनमा २ हजार १५२ जनाले मतदान गर्दा उपाध्यक्ष पदका रावलले ११४३ मत ल्याएर विजयी भएका थिए ।

विज्ञप्तिको पूर्णपाठ: