मेरो प्यानल छैन, एक्लै लड्ने हो : भीम रावल

मेरो प्यानल छैन, एक्लै लड्ने हो : भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १४ औं राष्ट्रिय महाधिवेशनमा आफ्नो प्यानल नरहेको बताएका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमार्फत अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रावलले आफू एक्लै चुनाव लड्ने बताएका हुन् ।

सहमति गरेर मात्रै उम्मेदवारी गर्ने भन्ने पार्टीको कुनै निर्णय नभएको भन्दै आफ्नो उम्मेदवारीलाई अस्वभाविक मान्नुपर्ने कुनै कारण नभएको उनको भनाइ थियो । जनताको बहुदलीय जनवादले प्रतिस्पर्धाको अधिकार दिएको भन्दै रावलले उम्मेदवारी घोषणामा कसैले रोक्न नसक्ने पनि धारणा राखे ।

एमालेको विधान महाधिवेशनबाटै प्यानल बनाएर प्रतिस्पर्धा नगर्ने निर्णय भएकाले आफ्नो एक्लो उम्मेदवारी रहेको रावलले स्पष्ट पारे । ‘प्रत्येक व्यक्तिले व्यक्तिगतरुपमा चुनाव लड्ने तय भएको छ ।’ उनले भने, ‘मेरो कसैसँग कुनै पदमा कुनै सहमति भएको छैन । कुरा पनि भएको छैन ।’