भोट माग्न सुरु गरेका रावलले भने – ओलीको सहमति प्रयासबारे मलाई कुनै जानकारी छैन

भोट माग्न सुरु गरेका रावलले भने – ओलीको सहमति प्रयासबारे मलाई कुनै जानकारी छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको १० औँ महाधिवेसनको बन्द सत्र केही बेरमा सुरू हुँदैछ । सहमतिको प्रयासकालागि भन्दै बन्दसत्र पछाडि धकेलिएपनि मतदान हुँने सम्भावना बढेको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेका बेला अध्यक्षका दाबेदार भीम रावलले भोट माग्न थालेका छन् । उनले महाधिवेशनको बन्दसत्र हलभित्र प्रतिनिधिसँग भोट माग्न थालेका हुन् । रावलले अध्यक्षमा भोट नै माग्न थालेपछि निर्वाचन हुने सम्भावना थप बढेको हो ।

त्यसैगरी अध्यक्ष पदका प्रत्यासी नेता भीम रावलले पार्टी अध्यक्ष ओलीले गरेको सहमति प्रयासबारे आफू जानकार नभएको बताएका छन् ।दुई जना नेताबीचको संवादपछि रावललाई वरिष्ठ उपाध्यक्ष दिन ओली तयार भएको विषयमा पत्रकारहरूको जिज्ञासामा रावलले भने, ‘अध्यक्षज्यूले सहमति खोज्न गरेका भनिएका प्रयासबारे मलाई थाहा छैन, मलाई कुनै जानकारी नै दिइएको छैन ।’ उनले आफ्नो उम्मेदवारी कायम रहेकोसमेत बताएका छन् ।

नेता रावलले महाधिवेशनको बन्दसत्र ढिलाइ भएकोमा आक्रोशसमेत व्यक्त गरे । अध्यक्ष ओलीको कार्यक्रममा ढिलो आउने बानीका कारण समस्या भएको भन्दै उनले समयमै चल्न ओलीलाई सुझावसमेत दिएका छन् ।