१९ सदस्यीय पदाधिकारी टिममा भीम रावल परेनन्, ध्वनि मत स्वीकार्य नहुने चेतावनी

१९ सदस्यीय पदाधिकारी टिममा भीम रावल परेनन्, ध्वनि मत स्वीकार्य नहुने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् ।

ओलीले केन्द्रीय कमिटीमा ३०१ जनाको नाम प्रस्ताव गर्दा पदाधिकारीमा आफूसहित १९ नेताहरूको नाम प्रस्ताव गरेका हुन् । तर, उनको प्रस्ताव सर्वसम्मत हुन सकेन ।

उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका छन् । महासचिवमा भने शंकर पोखरेलको नाम राखिएको छ ।

उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरिएको छ ।

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव हुँदा सचिवमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठको नाम प्रस्ताव भयो ।

उनको टिममा भीम रावल भने परेनन् । ओलीले सो प्रस्ताव राख्ने बित्तिकै रावलले असहमति जनाएका थिए । त्यसपछि एकछिन हलमा होहाल्ला नै भयो ।

प्रस्ताव पेश गर्ने क्रममा ओलीले रावललाई भने सम्झाउन नसकिएको बताए । ‘उपाध्यक्ष बस्नु भनेँ, अध्यक्षमा लड्ने भन्नुुभो । सम्झाउन सकिएन,’ ओलीले भने ।

अब केहि पद निर्वाचनबाट छिनोफानो हुनेभएको छ ।

यता उपाध्यक्ष रावलले ध्वनि मत, हाते मत आफूलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । उनले आफूसँग कसैले सहमतिबारे केही कुरा नगरेको उनले स्पष्ट पारे ।

‘गोप्य निष्पक्ष र मतदान हुनुपर्छ । दबाब र प्रभावबाट मुक्त भएर मतदान हुनुपर्छ,’ उपाध्यक्ष रावलले भने ।