चितवन- नेकपा एमालेको १० महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका नेता भीम रावलले निर्वाचन हारे केन्द्रीय सदस्य नबस्ने बताएका छन् । मंगलबार बिहान मतदान सुरु भएलगत्तै रावलले परिणाम स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने प्रष्ट पारेका हुन ।
एमाले अध्यक्ष केपी ओलीले सोमबार मध्यराति सर्वसम्मतीको लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो। त्यसको उनले विरोध गरेका छन् ।
उनले आफु केन्द्रीय अध्यक्षको दावेदार भएको भन्दै सदस्यमा आफ्नो दावी नै नभएको बताए ।
‘म अध्यक्षको उम्मेदवार हो । केन्द्रीय सदस्यमा मेरो दाबी नै छैन । नाम कसले राखेको हो थाहा भएन । अध्यक्षको निर्वाचनमा परिणाम जे आएपनि स्वीकार्छु, तर केन्द्रीय समितिमा बस्दिन । ’ रावलले भने ।
रावलले सदस्यता नवीकरण,वितरण र पदाधिकारी चयनमा गलत काम भएको आरोप लगाए । उनले मध्यरातमा निर्वाचन गर्नु ब्यवस्थापनको कमजोरी भएको बताए ।




प्रतिक्रिया