काठमाण्डु- नेकपा एमालेका नेता भीम रावलले पार्टीले आफूलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोप्रति आपत्ति जनाएका छन् ।सामाजिक सञ्जालमार्फत् रावलले पार्टीले आफूलाई नसोधी कुनै पनि पदमा टीका लगाइदिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘मलाई नेकपा(एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’ उनले लेखेका छन् ।




प्रतिक्रिया