सरकारलाई भीम रावलको प्रश्न- भारतले नेपाली भूमि आफ्नो नक्सामा राख्दा किन मौन ?

सरकारलाई भीम रावलको प्रश्न- भारतले नेपाली भूमि आफ्नो नक्सामा राख्दा किन मौन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा पनि नेपाल सरकार मौन बसेको आरोप लगाएका छन् ।

पूर्वमन्त्री समेत रहेका रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत महाकाली नदीको नाम फेरेर भारतले नेपालीको लिम्पियाधुरा र लिपुलेक र कालापानीको क्षेत्रलाई आफ्नो नक्सामा राख्दा पनि सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? भन्दै प्रश्न गरेका छन् । नेता रावलले गठबन्धन सरकार प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा व्यस्त रहेको र नेपाली भूमी भारतले मिच्दा समेत नबोलेको आरोप लगाएका छन् । ‘गठबन्धन सरकार भन्नेहरु प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरु पार्टी गुटबन्दीमै व्यस्त हो,’ उनले भनेका छन् ।