माओवादीले प्रतिनिधिको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित गर्‍यो : भीम रावल

माओवादीले प्रतिनिधिको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित गर्‍यो : भीम रावल


काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले महाधिवेशनमा प्रतिनिधिहरुको चुन्न र चुनिन पाउने अधिकार माओवादी केन्द्रले कुण्ठित गरेको आरोप लगाएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत एक ट्वीट गर्दै नेता रावलले महाधिवेशनमा प्रतिनिधिहरू चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य कदापि जनवाद हुन नसक्ने बताएका हुन् । साथै उनले माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको टिप्पणी गरेका छन् ।

‘माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको देखियो । महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन । यस्तो कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो’ उनले भनेका छन् ।