एमालेले एमसीसीबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ : भीम रावल

एमालेले एमसीसीबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ : भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका नेता भीम रावलले एमसीसीको बारेमा अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको स्पष्ट धारणा माग गरेका छन् । सोमबार बसेकाे एमाले संसदीय दलको बैठकमा नेता रावलले अध्यक्ष ओलीसमक्ष लिखित रूपमा पेश गरेर एमसिसी सम्झौताबारे स्पष्ट धारणा माग गरेका हुन् ।

‘एमसिसीको एक दर्जन सम्झौता एवं कार्ययोजनाका प्रावधानहरू नेपालको सार्वभौम, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको संविधान र कानुनविपरीत रहेको तथ्य स्पष्ट भइसकेको छ। गम्भीर र संवेदनशील विषयमा नेकपा एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ’ नेता रावलले अध्यक्ष ओलीलाई पेश गरेको पत्रमा भनिएको छ ।

आजको बैठकले गठबन्धनको एकीकृत धारणा नआउँदासम्म नेकपा एमाले मौन बस्ने निर्णय गरेको छ ।