प्रधानमन्त्री देउवालाई भीम रावलको जवाफ -तपाईकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ

प्रधानमन्त्री देउवालाई भीम रावलको जवाफ -तपाईकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले) का नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको बताएका छन् । सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले एमसीसीबारे रावलले दुई जिब्रे कुरा गरेको बताएका थिए । रावल मन्त्री हुँदा एमसीसीको पक्षमा उभिएको तर अहिले विरोध गरेको प्रधानमन्त्री देउवाले दावी गरेका छन् ।

‘उहाँ भीम रावल) त्यसबेला मन्त्री हुनुहुन्थ्यो। उसबेला दिमाग खुस्किएको थियो ?’ देउवाले आक्रोशित हुँदै भनेका थिए । रावल रक्षामन्त्री छँदा मन्त्रिपरिषद्ले एमसीसीबारे महत्वपूर्ण निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले झूठो कुरा नगर्न रावललाई चेतावनीसमेत दिएका छन्।

प्रधानमन्त्रीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको केही समयमै रावलले ट्वीटमार्फत जवाफ दिँदै प्रधानमन्त्रीको भनाई उदण्डतापूर्ण र तथ्यहीन रहेको बताएका हुन् । ‘सार्वजनिक जानकारी नराखी नराखी झुठाे बोल्ने प्रधानमन्त्री या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरूद्धको कत्य छोप्ने कुत्सित चाल हुनुपर्छ’ रावलले ट्वीटमा लेखेका छन् । एमसीसीबारे अझै बहस गर्न तयार रहेको नेता रावलले बताए ।

No description available.