एमाले नेतृत्वलाई भीम रावलको प्रश्न- सूर्य बिक्री हुने चिन्ह हो ?

एमाले नेतृत्वलाई भीम रावलको प्रश्न- सूर्य बिक्री हुने चिन्ह हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले राप्रपा नेपाल र परिवार दललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने निर्णयप्रति आपत्ति जनाएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत नेता रावलले ठूलो ठेकेदारले सानो ठेकेदारलाई पेटी ठेक्का दिएजस्तो सूर्य चिन्ह दिन नमिल्ने भन्दै आपत्ति जनाएका हुन् ।

रावलले भनेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ? के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ।’

बुधबार एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र परिवार दलसँग ५–५ बुँदे सहमति गर्दै यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो । नेतृत्वको सो निर्णयप्रति रावलले असन्तुष्टि जनाएका हुन् ।