काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले सरकारले एमसीसी परियोजनाबारे जनतालाई ढाँटेको बताएका छन् ।
उनले अमेरिकी दूतावासले एमसीसी परियोजना इन्डो–प्यासिफिक रणनीतिकै एक अंग भएको स्पष्ट पारिसकेकाले सरकारले जनता ढाँट्नुको कुनै तुक नरहेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता रावलले नेताहरुले एमसीसी इण्डोपेसिफिक रणनीतिको अंग होइन संसदबाट पारित गर्छौं भन्नु जनता ढाँट्ने काम भएको प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्, ‘काठमाडौंस्थितअमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले एमसीसी इण्डो–पेसिफिक रणनीतिको अंग भएको तथ्य सार्वजनिक सञ्चार माध्यममा स्पष्ट गर्नुभएको छ । नेपाल सरकार र पार्टीका उच्च पदमा बसेर एमसीसी इण्डोपेसिफिक रणनीतिको अंग होइन संसदबाट पारित गर्छौं भन्नेहरूले जनतालाई ढाँटेको स्पष्ट भएन र ?’
अमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले इन्डो–प्यासिफिक स्ट्राटेजी अमेरिकी नीति भएको र यो यस क्षेत्रमा गरिने पत्येक कामका लागि दिइएको नाम भएको बताए ।
यो नीति अनुसार नेपाल बलियो हुँदा अमेरिका बलियो हुने, नेपाली स्वस्थ हुँदा अमेरिकी स्वस्थ हुने उनले बताएका छन्् । नेपालको सार्वभौमिकता सबल भयो भने अमेरिकाको सार्वभौमिकता पनि सबल हुन्छ किनभने इन्डो–प्यासिफिक रणनीति भनेकै स्वहित भएको धारणा उनको भनाइ छ ।




प्रतिक्रिया