भीम रावलले पृथ्वीनारायण शाहलाई कवितामार्फत यसरी सम्झिए

भीम रावलले पृथ्वीनारायण शाहलाई कवितामार्फत यसरी सम्झिए


काठमाडौं – २९८औँ जन्मजयन्तीको अवसरमा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले कवितामार्फत  सम्झेका छन् । उनले लेखेको कवितामा पृथ्वीनारायण शाह र इतिहासको सम्मान गर्नुपर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका इन्चार्जसमेत रहेका नेता रावलका कविता उनले पृथ्वीनारायण शाहलाई सम्झिँदै नेपालीलाई एक जुट हुन आश्वान गरेका छन् । उनले सबैले पृथ्वीनारायण शाहलार्य सबैले सम्मान गर्नुपर्ने बताएका छन् ।

यस्तो छ रावलले लेखेको कविताः

डेर देश अखण्ड बनाइ नेपाली मनमा

जीवन अर्पण गरेर जाने यही प्यारो भूमिमा,

पृथ्वी तिम्रो अटल रहन्छ जमिन

यहाँको पानी नै पनि अमृत सरी रहन्छ जहाँको ।

देशको माटो छोयर तिम्ले इतिहास बनायौँ

नेपाली धड्कन ढुकढुकी तिम्ले राम्ररी चलायौँ,

नेपाली झण्डा नेपाली गौरव झुकेन

कहिले श्रद्धा तिम्लाई दिँदैछु उच्च म यहाँ अहिले ।

बिर्सन्छ जसले आमाको दूध,

बिर्सन्छ आफैँलाई त्यस्तालाई अधम भन्नेछ युगले सधैं नै धिक्कार्दै,

उठौँ न उठौँ नेपाली जुटौँ पृथ्वी सम्झदै

उठाइ झण्डा गौरवका साथ अगाडि लम्कदै ।

हेरन हिमाल चम्किन्छ जहाँ उचाइ लिएर

स्वाभिमान भन्ने के रहेछ भनी सन्देश दिएर,

यही नै शीरमा राखेर बढे

पृथ्वी नेपालमा श्रद्धा गरौँ सबैले उनलाई राखेर मन मनमा!