भीम रावलको टिप्पणी- चौबीसै घण्टा सत्ता स्वार्थमा लाग्दा देश तहसनहस हुदैछ

भीम रावलको टिप्पणी- चौबीसै घण्टा सत्ता स्वार्थमा लाग्दा देश तहसनहस हुदैछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका नेता भीम रावलले चौबीसै घण्टा सत्ता स्वार्थमा लागेर देश तहसनहस बनेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले देशका गम्भीर समस्या बारे चिन्तन र छलफलको साटो सत्ताको स्वार्थ, भागबण्डा र गुटबन्दीमा दलका नेता लाग्नुले देश तहसनहस बनेको बताएका छन् ।

उनले भनेका छन्-

देशमा राजनीतिक, आर्थिक, सांस्कृतिक र राष्ट्रिय सुरक्षा सम्बन्धी गम्भीर समस्या छन् । यस्ता विषयमा चिन्तन र छलफलको साटो बाह्रैमास, चौबीसै घण्टा सत्ता स्वार्थ, भागबण्डा र गुटबन्दीमा दलका नेता लाग्नु र राष्ट्रिय राजनीति बहकिनु दुःख र चिन्ताको विषय हो । यस्तो चालाले देश तहसनहस हुन्छ ।