एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल

एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेता भीम रावलले एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’ लगाएर आफूलाई निकालेको आरोप लगाएका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले सिद्धान्तबाट च्यूत भएर विधि, प्रणाली, सिद्धान्तमा नरहेको र सिद्धान्त ल्याउन खोज्दा आफूलाई निकालेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘मैले विद्रोह गरेको होइन, सिद्धान्तबाट च्यूत भएर उनीहरूले नै विद्रोह गरेका हुन् । मैले ठीक ठाउँमा आउँ भनेकाले निरंकुश र तानाशाही शक्ति लगाएर निकालियो । मैले जुन विधि, प्रणाली, सिद्धान्तमा पार्टी हिँडेनन् भनेको थिएँ । त्यसको पुष्टि भएको छ ।’

नेपालका सबै राजनीतिक दलहरू राष्ट्रिय हित र मर्यादामा नरहेकाले सबै पार्टीभित्र भाँडभैलो भएको उनले बताए ।

‘म टिप्पणी गर्दिनँ । तर नेपालका सबै राजनीतिक दलहरू राष्ट्रिय हित र मर्यादामा छैनन् । पार्टीहरूले घोषित नीति, विधि केही पनि नमानेकाले यत्रतत्र सर्वत्र भाँडभैलो त्यसकै कारण भएको हो,’ उनले भने ।